सामुदायिक वनमा तीव्र फडानी, किन काेही बाेल्दैनन् ?



प्रकाशित मिति : Jan 20, 2020
  • दानबहादुर बुढा

मुगु, ६ माघ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ मा रहेको चंंखेली र मिन डाडा सामुदायिक वन तीव्र रुपमा फडानी भएको छ । तर सरोकारवाला निकाय भने बेखबर भएर बसेका छन् ।

बाम, फैपाटा, दर्खे, नार्फालगायत बस्तीका ३ सयभन्दा बढी घर परिवारले प्र्रयोग गर्दै आइरहेको मिनडाँडा सामुदायिक वन र चंंखेली सामुदायिक वनमा तीव्र फडानी गरेर पछिल्ला केही दिनहरुका स्याउ उत्पादन बगैँचा, अन्नखेतीका लागि जग्गा बनाउने र नयाँ घर बनाउने होड नै चलेको छ । नियम–कानुनविपरीत हाते आरा प्रयोग गरी धमाधम वन फडानी भैरहेको छ ।

स्थानिय जनप्रतिधिहरुले वन फडानी भएको देखे पनि बेवास्ता गरिरहेका छन् । त्यसैले त फडानी गर्ने व्यक्तिलाई कारबाही गर्न नचाहेको र न्युज २४ प्रतिनिधिले सम्पर्क गर्दा क्यामरामा पनि बोल्न नमानेको देखिएको छ ।

सामुदायिक वनको नियमअनुसार समितिले काम नगर्दा वन फडानी भएको बढेको हो । फडानी गर्नेमा आफ्नै मान्छे संलग्न रहेको बुझेर समिति नै चुप लागेर बसेको छ । उता डिभिजन वन कार्यालयबाट पनि कुनै कर्मचारी यस क्षेत्रमा निगरानी गर्न नआएको एक वर्षभन्दा बढी भैसकेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com