नारायणी किनारमा आयोजना हुने कोटिहोमको तयारी अन्तिम चरणमा



प्रकाशित मिति : Jan 20, 2020
  • केदार शर्मा

चितवन, माघ । नारायणी नदी किनारमा सञ्चालन हुने कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । माघ ११देखि एक महिनासम्म सञ्चालन हुने महायज्ञस्थलमा नौतले यज्ञ मण्डप निर्माण भइसकेको छ ।

यज्ञ मण्डप निर्माणसँगै भण्डार लगाउने स्थलसमेत निर्माणको अन्तिम चरणमा पुगेको महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले जानकारी दिए । महायज्ञका लागि १०८ पण्डितहरु समेत आउने क्रम सुरू भएको महायज्ञका संकल्पकर्ता धर्मपाल गुरु वशिष्ठले जानकारी दिए ।

१०८ तीर्थस्थलको जल लिन भ्रमणमा गएको टोलीसमेत जल लिएर फर्किंदैछन् । नेपालमै पहिलोपटक नारायणगढको नारायणी नदी किनारमा १०८ कुण्डीय कोटिहोम गर्न लागिएको हो । करिब तीन कठ्ठा क्षेत्रफलमा फैलिएको सो मण्डपमा एकैसाथ तीन हजारभन्दा बढीले कथा श्रवण गर्न सक्ने महाराजश्रीको भनाइ छ । महायज्ञमा दैनिक पाँच हजारभन्दा बढी श्रद्धालुहरु आउने अपेक्षा सहित तयारीको काम अगाडि बढाइएको छ ।

भरतपुर २३ जगतपुरमा रहेको पशुपतिनाथ मन्दिरलाई वृहतधामका रुपमा विकास गर्ने, चितवनमा नै पहिलो आयुर्वे्दिक शिक्षालय स्थापना गर्ने र क्यान्सरबाट पीडित विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको हो ।

महायज्ञबाट २५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ भने करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com