६ माघ २०७६, सोमबार
  • कृष्ण बिष्ट

बैतडी, ६ माघ । बैतडीको शिवनाथ गाउँपालिका- ४ मा रहेको पिपलकोट मावि लोजनीमा तालाबन्दी गरिएको छ ।

निलम्बन फकुवा भएका शिक्षकहरुलाई हाजिरी लागाउन नदिने भन्दै तालाबन्दी गरिएको हो । फौजदारी मुद्दा लागेका ३ जाना शिक्षकहरु निलम्बन फुकुवा भएर गत शुक्रबारदेखि विद्यालयमा आएपछि हाजिरी लगाउन नदिने भन्दै विद्यालय श्रोतले नै ताला लगाएको हो । प्रधानाध्यापकको निर्देसनमै तालाबन्दी गरिएको र ताला नखाेल्न निर्देशन भएकाे कार्यालय सहयाेगीले बताए ।

३ वर्षपहिले विद्यालयका ३ जना शिक्षकविरुद्ध फौजदारी मुद्दा परेपछि २ वर्षभन्दा बढी निलम्बनमा परेका थिए । निलम्बनमा परेका शिक्षकहरु निलम्बन अवधि सकिएपछि विद्यालयमा जाँदा हाजिरी लगाउन नदिइएकाे हाे ।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र साउँदले निलम्बन फुकुवाको बारेमा स्पस्ट नभएकोले विद्यालयले हाजिरी गर्न रोक लगाएको र शिक्षक हाजिरीका लागि गाउँपालिकालाई जानकारी गराएको बताइ । गाउँपालिकाको निर्णयपछि मात्रै कार्यान्वयनमा जाने उनको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय इकाइले गत पुस ९ गते नै फैसला कार्यान्वयनका लागि विद्यालयलाई पत्र पठाएको थियो ।

LIVE TV