एमसीसीलाई संसदबाट तत्काल अनुमोदन गर्नुपर्छ : सहमहामन्त्री महत



प्रकाशित मिति : Jan 20, 2020

पोखरा ६ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश सरण महतले एमसीसीमा अनावश्यक बहस गर्न जरुरी नभएको बताउनुभएकाे छ ।

आज प्रेस युनियन पोखराले गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले यत्रो ठूलो अनुदानलाई अनावश्यक बहस गरेर खेर जान दिननहुने भन्दै तत्काल एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्नेमा जोडदिनुभयाे ।

देशको अखण्डता र अस्मिता माथी प्रश्न उठ्दा सरकार चुइक्क नबोलेको पनि डाक्टर महतले आरोप लगाउनुभयाे ।

सहमहामन्त्री महतले सरकारले प्रेस स्वतन्त्रता र नागरिक अभिव्यक्ति रोक्न लागेको भन्दै त्यसको विरोध गर्न पोख्रेली पत्रकारलाई आग्रह गर्नुभयाे ।

सरकारले बाह्य देशको सहयोग लिँदा देशको स्वार्थलाई केन्द्रमा राखेर सम्झौता गर्नुपर्नेमा पनि उहाँकाे जोड थियाे ।

नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनमा भाग लिने तर स्ववियु निर्वाचनको निर्णय गर्दा नेविसंघलाई पनि त्रिभुवन विश्वविद्यालयले छलफलमा बोलाएर परामर्श गर्नुपर्ने महतकाे तर्क थियाे ।

उहाँले अधिवेशन नभएका भातृसंगठनको अधिबेशन सुनिश्चितताका लागि समय सकिएका भातृसंगठनहरुको म्याद छ महिना थपिएको सहमहामन्त्री बताउनुभयाे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार संस्थागत भ्रष्टाचारमा लागेको भन्दै गोकर्ण रिसोर्ट त्यसको एउटा उदाहरण भएको स्पष्ट पार्नुभयाे ।

कांग्रेसमा ब्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै यसले कांग्रेसलाई फाइदा नगर्ने महतले दाबी गर्नुभयाे । उहाँले नेपाली कांग्रेसका कुनैपनि नेताकार्यकर्तालाई पार्टीको विधानको परिधिभन्दा बाहिर रहेर गतिविधि गर्ने छुट नभए जिकिर गर्नुभयाे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com