कुनै विकल्प नभएपछि राजकुमार उपाधि त्याग्ने निर्णय गरेँ : ह्यारी



प्रकाशित मिति : Jan 20, 2020

एजेन्सी, ६ माघ । बेलायती राजकुमार ड्युक अफ् ससेक्स ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताएका छन् ।

शाही पद त्याग्ने घोषणापछि पहिलो पटक आइतबार बेलुका एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ह्यारीले आफू श्रीमती मेगन जिम्मेवारी नभागेको पनि स्पष्ट पारे ।

उनले राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले आस्था वा निष्ठाको लामो छलाङ्ग मारेको समेत बताए ।

राजकुमार ह्यारीले बेलायत आफ्नो घर र माया गर्ने ठाउँ भएको भन्दै त्यसमा परिवर्तन नहुने बताए । उनले भने, ‘बेलायत मेरो घर हो, म यो ठाउँलाई माया गर्छु र बेलायतप्रतिको मेरो माया कहिले पनि बदलिने छैन ।’ 

हिज वा हर रोयल हाइनेस उपाधिबाट पछि हट्ने घोषणा गरेपछि राजकुमार ह्यारी पहिलोपटक यसबारे सार्वजनिक रुपमा बोलेका हुन् । ह्यारी र उनकी श्रीमती मेगनले हिज वा हर रोयल हाइनेस सम्बोधन प्रयोग गर्ने छैनन् ।

यस्तै राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बेलायती राजदरबार बकिङ्गहम प्यालेसले शनिबार जानकारी दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com