५ माघ २०७६, आईतवार

काठमाडौं, ०५ माघ । प्रदेश १ सरकारले सार्वजनिक स्थल र त्यस वरपरका क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग तथा विक्री–वितरणमा प्रतिबन्ध लगाउने भएको छ ।

८ वर्षअघि नै सार्वजनिकस्थल आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग र विक्री–वितरणमा प्रतिबन्ध लगाउन ऐन जारी भएको थियो । तर, यो ऐन कार्यान्वयन हुन सकेको छैन । प्रदेश १ सरकारले सोही ऐन कार्यान्वयनमा ल्याउन लागेको हो ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ ले कसैले पनि शिक्षणसंस्था, स्वास्थ्यसंस्था, बाल कल्याणगृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा तोकिएका सार्वजनिकस्थलबाट कम्तीमा सय मिटरभित्रका कुनै पनि स्थानबाट सुर्तीजन्य पदार्थको विक्री–वितरण गर्न–गराउने नपाउने व्यवस्था गरेको छ । त्यसका लागि नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक स्थल तोकिदिने व्यवस्था छ ।

तोकिएको परिधिभित्रका निजी घर तथा पसलबाट समेत सुर्तीजन्य पदार्थको विक्री–वितरण गराउन नपाउने प्रावधान छ । तर, ऐन जारी भएको यति लामो समयसम्म पनि खुलेआम सार्वजनिकस्थलमै सुर्तीजन्य पदार्थको विक्री–वितरण भइरहेको छ ।

LIVE TV