५ माघ २०७६, आईतवार
  • दान बहादुर बुढा

मुगु , ५ माघ । विश्वले शिक्षा क्षेत्रमा निकै फट्को मारिसक्दा मुगुका सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरु प्रारम्भिक कक्षा सिकाई सिक्दै छन् ।

मुगु जिल्लामा रहेका एक नगरपालिका तीन गाँउपालिकामा रहेको १०५वटा आधारभुत सामुदायिक विद्यालयमध्ये ५१ बटा विद्यालयमा कार्यरत नेपाली र गणित विषय पढाउने ९२ जना शिक्षक शिक्षिकाहरुलाई प्रारम्भिक कक्षा सिकाई तालिम दिइएको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट सामुदायिक विद्यालयका शिक्षक शिक्षिकहरुलाई विभिन्न तालिम सञ्चालन गरिँदै आएको छ । यसै क्रममा सोरु गाँउपालिकाको सहजिकरण र यूनिसेफ बिश्व शिक्षाको आर्थिक सहयोगमा शिक्षामा समता र समाबेशी परियोजनाबाट मुगु जिल्लाको शिक्षा क्षेत्रलाई अगाडि बढाउने उद्देश्यका साथ मुगु जिल्लामा कार्यरत शिक्षकहरुलाई प्रारम्भिक कक्षा सिकाई र अध्ययन सहजिकरणका लागि विभिन्न १२ प्रकारका सामग्रीहरु उपलब्ध गराईएको छ ।

प्रारम्भिक कक्षा सिकाइ तालिम सिक्दै गरेका अधिकांश शिक्षक शिक्षिकाहरुले आफुले लामो समयसम्म अध्यापन गरेपनि सबै भन्दा उत्कृष्ट तालिम प्रारम्भिक कक्षा सिकाइ तालिम रहेको र यो तालिम लिई सकेपछि विद्यालयमा शैक्षिक सामग्री प्रयोग गर्दै अध्यापन गराउने प्रतिवद्धता व्यक्त गरे ।

तालिमका प्रशिक्षक हिक्मत मल्लले प्रारम्भिक कक्षा सिकाइ तालिमबाट सिकेका कुराहरु विद्यालयमा प्रयोग गर्न सबै सहभागीलाई अनुरोध गरे । उनले शिक्षक शिक्षिकाको कमजोरीले शिक्षा क्षेत्रको विकास गर्न नसकेको ध्यानाकर्षण गराउँदै सबैले राज्यको लगानी र संघ सस्थाको लगानीको सहि सदुपयोग गर्न समेत अनुरोध गरे।

LIVE TV