‘मुटु उपहार’ पञ्चैबाजा गीतले बजार पिट्दै (भिडियो)



प्रकाशित मिति : Jan 19, 2020
  • कृष्ण पाण्डे

रुपन्देही, ५ माघ । बद्री पंगेनी र सम्झना भण्डारीको स्वरमा ‘मुटु उपहार बोलको गीत सार्वजनिक’ गरिएको छ । गीतको शब्द श्रीराम काफ्लेको रहेको छ । हेमन्त कान्छा रसाइलीले एरेन्ज गरेको गीतमा गोपाल पोखरेलले सङ्गीत भरेका छन् ।

शंकर बीसीको निर्देशन रहेको गीतको भिडियो दुर्गा पौडेलले छायांकन गरेका हुन् । गीतको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

बाबा इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत बजारमा आएको उक्त पञ्चेबाजा गीतलाई कृष्ण फिल्म्सले पोस्ट प्रोडक्सन गरेको हो, भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

गीतको भिडियोमा गोपाल पोख्रेल, उषा सुबेदी, रबिना भण्डारी र अर्जुन लम्साल लगायतले अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com