कार ट्रकसँग ठोक्किदा बलिउड अभिनेत्री शबाना गम्भीर घाइते



प्रकाशित मिति : Jan 19, 2020

एजेन्सी, ५ माघ । बलिउडकी चर्चित अभिनेत्री शबाना आजमी शनिबार कार दुर्घटनामा परेकी छन् । गम्भीर घाइते भएकी उनी खतरा भन्दा बाहिर रहेको जनाइएकाे छ ।

शबानाको कार मुम्बई–पुणे एक्सप्रेस हाइवेमा एक ट्रकसँग ठोक्किएको थियो । उनको टाउको र अनुहारमा चोट लागेको भारतीय मिडियामा जनाएकाे छ । दुर्घटनामा घाइते भएकी उनको मुम्बइको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ ।

शबानाका ड्राइभरले तिव्र गतीमा गाडी चलाएपछि कार गुडिरहेको ट्रक मुनि छिरेको जनाइएको छ । ट्रक ड्राइभरले शबानाका ड्राइभर अमलेश योगेन्द्रविरुद्ध एफआइआर दर्ता गरिएकाे मिडियामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com