५ माघ २०७६, आईतवार
  • तारा आचार्य,

विराटनगर, ०५ माघ । मुख्यमन्त्री शेरधन राईको सिफारिशमा प्रदेश नम्बर १ को मन्त्रीमण्डल विस्तार गरिएको छ ।

मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले ४ जना राज्यमन्त्रीहरु नियुक्ति गर्नुभएको छ ।

नयाँ राज्यमन्त्रीहरुको नियुक्तिसँगै प्रदेश नम्बर १ को मन्त्रीपरिषद् एक जना महिलासहित ९ जनाको पुगेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुखको उपस्थितिमा नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।

नवनियुक्त राज्यमन्त्रीहरु राम बहादुर मगरलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अम्वीर बाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर विश्वकर्मालाई सामाजिक विकास मन्त्रालय र विजय कुमार विश्वासलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ ।

नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै आ–आफ्नो कार्यभार सम्हाल्नु भएको छ । २०७४ फागुन ३ गते मुख्यमन्त्री शेरधन राईको मन्त्रीमण्डल गठन भएको थियो । ७ वटा मन्त्रालय रहेको प्रदेश मन्त्रीपरिषद् २३ महिनापछि पुनर्गठन भएको हो ।

LIVE TV