अजय देवगनको ‘मैदान’मा कीर्तिलाई प्रियामणिले रिप्लेस गरिन् !



प्रकाशित मिति : Jan 19, 2020

काठमाडौं, ०५ माघ । अजय देवगनको आगामी फिल्म ‘मैदान’ हो । ‘मैदान’ भारतीय फुटबल टिमको कोच सइद अब्दुल रहिमको जीवनीमा आधारित फिल्म हो ।

यस फिल्मको मुख्य अभिनेत्रीको रुपमा साउथ अभिनेत्री कीर्ति सुरेशलाई फाइनल गरिएको थियो, तर पछिल्लो जानकारी अनुसार कीर्ति सुरेशलाई अर्की अभिनेत्री प्रियामणिले रिप्लेस गरिदिएकी छन् ।

रिपोर्टका अनुसार ‘मैदान’ फिल्मको लागि नेशनल अवार्ड विनिङ अभिनेत्री प्रियामणिले कीर्ति सुरेशलाई रिप्लेस गरेकी हुन् । अभिनेत्री प्रियामणि साउथ फिल्मका साथै वेब शो ‘द फ्यामिली म्यान’ पनि आइसकेकी छन् । जहाँ उनलाई मनोज बाजपेयीको अपोजिटमा कास्ट गरिएको थियो ।

पछिल्लो समय अजय देवगनको फिल्म ‘मैदान’मा उनको कास्टिङको विषयमा आधिकारिक भनाइ भने आएको छैन । ‘मैदान’ फिल्मसँगै प्रियामणि कंगना रनौतको फिल्म ‘थलाइवी’ मा पनि देखिदैछन् । यो फिल्ममा उनी शसिकलाको भूमिकामा देखिदैछन् । साथै उनी भनुष स्टारर् ‘असुरन’को तेलेगु रिमेकमा पनि देखिदैछन् ।

यता अभिनेता अजय देवगन र कीर्ति सुरेशको नयाँ पेयरिङलाई लिएर फ्यानहरु निकै उत्साहित थिए । तर, मिति नमिलेकै कारण उनीहरुको अनस्क्रिन जोडी बन्न पाएन ।

अभिनेत्री प्रियमणिको लागि ‘मैदान’ पहिलो हिन्दी फिल्म हो । यसै फिल्ममार्फत उनले बलिउडमा डेब्यु गर्न लागेकी हुन् । मैदानलाई अमित शर्माले एक्शन–कट गर्दैछन् । फिल्मलाई २७ नोभेम्बर २०२० मा दर्शकमाझ रिलिज गर्ने निर्माण टिमको योजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com