ट्रम्पमाथि महाभियोग मुद्दा लगाएर अमेरिकी जनतामा खतरनाक आक्रमण भएको टिप्पणी



प्रकाशित मिति : Jan 19, 2020

एजेन्सी, ०५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी टोलीले महाभियोग मुद्दा लगाएर अमेरिकी जनतामा खतरनाक आक्रमण भएको टिप्पणी गरेका छन् ।

महाभियोगको मुद्दामा पहिलो औपचारिक प्रतिक्रिया दिंदै कानूनी टोलीले ट्रम्पविरुद्धको आरोपलाई अमेरिकी जनतामा ‘खतरनाक आक्रमण’ भएको बताएका हुन् ।

उनीहरुले ६ पृष्ठको पत्रमा महाभियोग लेखले कुनै अपराधको आरोप लगाउन नसकेको र २०२० को चुनावमा हस्तक्षेप गर्ने “निर्लज्ज“ प्रयास भएको बाहेक अन्य विषय नसमेटिएको उल्लेख गरिएको छ ।

डेमोक्राट पार्टीले कारवाहीका लागि संक्षिप्त फाइल पेश गरेसँगै ट्रम्पको कानूनी टोलीले दिएको अभिव्यक्तिलाई महत्वका साथ हेरिएको छ ।

महाभियोगका विषयमा अर्को हप्ताबाट बयान सुरु हुनेछ । ट्रम्प इतिहासमा महाभियोग परीक्षणको सामना गर्ने तेस्रो अमेरिकी राष्ट्रपति हुन् । शक्तिको दुरुपयोग र कांग्रेसको अवरोधको आरोप ट्रम्पलाई लागेको छ ।

यसअघि, विपक्षी डेमोक्राटद्वारा नियन्त्रित सदनले गत महिना राष्ट्रपतिलाई महाभियोग लगाउने निर्णय गरेको थियो । तर, ट्रम्पको रिपब्लिकन पार्टीले नियन्त्रण गरेको सिनेटले उनलाई दोषी ठहराउने र उसलाई पदबाट हटाउने निर्णय गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com