५ माघ २०७६, आईतवार

काठमाडौं, माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने सहमति भएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सापकोटालाई सभामुख बनाउने सहमति भएको हो । सापकोटा अध्यक्ष दाहाल निकटका मानिन्छन्।

लामो समयदेखि रिक्त रहेको सभामुख पदमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पक्षबीच रस्साकस्सी चलिरहँदा आइतबार बिहान दुई अध्यक्षबीचकाे छलफलले सापकोटाको नाममा सहमति जुटाएको हो।

अध्यक्षद्वयबीचको सहमतिअनुसार सभामुखमा सापकोटाको नाम आज अपरान्ह चार बजे बस्ने नेकपाकाे सचिवालय बैठकले अनुमोदन गर्ने बताइएको छ ।

LIVE TV