५ माघ २०७६, आईतवार

बुटवल, ५ माघ । नेपाल परिवार नियोजन संघकाे प्रदेश- ५ संयोजकमा बर्दिया जिल्लाका ज्योति पन्थि निर्विरोध निर्वाचित भएका छन् ।

शनिबारदेखि प्रदेश- ५ को राजधानी बुटवलमा आयोजना भएको संघकाे प्रथम प्रदेश सभाबाट पन्थी निर्विरोध चयन भएका हुन् ।

त्यसैगरी सभाले माघ २५ मा हुने केन्द्रीय अधिवेशनका लागि ७ जना प्रतिनिधि समेत छनोट गरेको छ । निर्वािचित भएका पन्थीले प्रदेश ५ का शाखाहरूको क्षमता विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए । हाल प्रदेश नं ५ मा नेपाल परिवार नियोजन संघका सात शाखा रहेका छन् ।

सभालाई सम्बोधन गर्दै नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमाल कसजुले निर्वाचित भएका सबैलाई बधाई दिँदै आगामी बागडोर युवासँगै मिलेर अगाडि बढाउने बताए ।

LIVE TV