५ माघ २०७६, आईतवार

एजेन्सी । रियल मड्रिड जारी स्पेनिस ला लिगा सिजनको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा सेभिल्लालाई २-१ गोल अन्तरले हराउँदै रियलल शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

रियलको जीतमा कासिमेरोले दुई गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएपनि दोश्रो हाफको ५९ औं मिनेटमा लुका जोभिचको पासमा कासिमेरोले पहिलो गोल गरेका थिए । तर, ६४ औं मिनेटमा सेभिल्लाका लुक डे जङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

तर फेरि लुका भास्क्वेजको पासमा ६९ औं मिनेटमा कासिमेरोले गोल गर्दै खेलमा अग्रता बनाउन सफल भयो । त्यसपछि दुवैतर्फबाट थप गोल हुन सकेन र रियल जीतसँगै शीर्ष स्थानमा उक्लियो ।

४३ अंकसहित रियल शीर्ष स्थानमा रहँदा बार्सिलोना ४० अंकसहित अंकतालिकाको दोश्रो स्थानमा छ ।

LIVE TV