विश्वकै सबैभन्दा लामो केक !



प्रकाशित मिति : Jan 18, 2020

एजेन्सी, ४ माघ । विश्वकै सबैभन्दा लामो केक भारतको केरला बनाइएको छ । गत बुधबार बनाएर सकिएको केकले विश्व रेकर्ड कायम गरेको छ । साढे ६ किलोमिटर लामो केक ४ घण्टामा बनाइएको हो ।

१५ सय जना वेकर र सेफहरु मिलेर ४ घण्टाको समय लगाएर बनाएको उक्त केक ६ दशमलव ५ किलोमटिर लामो छ । यो केकको बनाएसँगै यसअघि चीनले राखेको ३ दशमलव २ किलोमिटर लामो फ्रुट केकको रेकर्ड पनि तोडिएको छ । उक्त केक हजारौं टेबल र डेस्कहरु जोडेर त्यसमाथि बनाइएको थियो ।

त्यस दौरानमा वेकर र सेफहरुले सेतो टी सर्ट र एप्रोन लगाएका थिए । त्यो कके बनाउनका लागि करिब १२ हजार किलोग्राम शख्कर र आटा प्रयोग भएको थियो । वैकर्स एसोसिएसन केरलाले सो केक बनाएको हो ।

एसोसिएसनका सचिव नौसादका अनुसार गिनीज वल्र्ड रेकर्डस्ले त्यो केक नाप्दा त्यसको लम्बाई करिब ६ हजार ५०० मिटर लामो थियो । अहिलेसम्म गिनीजले त्यसलाई आधिकारिक रुपमा प्रमाणित चाहिँ गरिसकेको छैन ।

उनले विश्वलाई आफूहरुको कौशल देखाउन सो केक बनाइएको र त्यो बनाउने क्रममा स्वाद, गुणस्तर र सरसफाइलाई पूरै ख्याल गरिएको पनि बताएका छन् ।

सन् २०१८ मा चीनका बेकर इन जिझीले ३.२ किलोमिटर लामो केक बनाएर संसारकै सबैभन्दा ठूलो केकको उपाधि हासिल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com