दीपकले आस्थालाई दिए यस्ताे सुझाव



प्रकाशित मिति : Jan 18, 2020

काठमाडौं, ४ माघ । गायिका आस्था राउत विवादमा तानिएपछि यतिखेर सामाजिक संजाल तातिएको छ। बुधबार त्रिभुवन विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै राउतले सामाजिक संजालमा भिडियोमार्फत गाली गरेपछि उनी विवादमा तानिएकी हुन् ।

गायिका राउतले गाली गरेकी उक्त भिडियोपछि केहीले राउतको पक्ष लिएका छन् भने केहीले प्रहरी जवानको पक्ष लिएका छन् । यस्तै दीपकराज गिरीले पनि आस्थामाथि प्रहरीले गरेको दुव्र्यवहारको विषयमा बोलेका छन्। उनले सामजिक संजालमार्फत आफू पनि एर्यर्पोटमा पटक – पटक दुव्र्यवाहारको शिकार भएको कुरा पनि खुलाएका छन् । उनले एक कलाकारले नेपालमा सम्मान नपाएको गुनाेसाे पनि पाेखेका छन् ।

दीपकराजले भनेका छन्, ”यो विषयमा लेख्न मन थिएन तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो। म पनि बिगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको छु । यस्तै प्रकारका घटनाहरूबाट पाठ पनि सिकेको छु । भिड र संवेदनशिल क्षेत्रमा काम गर्ने प्रहरी जवानलाई छुट्टै प्रेसर हुन्छ । उनीहरु १० घन्टे लामो ड्यूटीमा हुन्छन् । सानो गल्ती भए ज़ागिरै संकटमा पर्छ । त्यस्तो बेला उनीहरुबाट अलि रूखो ब्यबहार निस्किन्छ नै ।”

कलाकारको गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती कलकारकै देखिने दीपकराजले बताएका छन् । उनले सेलेब्रिटीज भनेको सेतो कपडा रहेछ भन्दै अरू रंगमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिने भनेका छन् । दीपकराजले सकेसम्म त्यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफी मागेर पर सर्नुनै उत्तम रहने बताए ।

त्यस्तै प्रहरीले दुव्र्यवाहर गरेको विषयमा लोकप्रिय गायक राजेशपायल राईले पनि शुक्र मध्यधारका स्टाटस लेखेका थिए । कुनै एयरपोर्टमा भारतीय कलाकार साहरुख खानलाई भित्री वस्त्र नै चेक गरेको प्रसंग जोड्दै कुनै पनि पक्षमा नरही तटस्थ स्टाटस लेखेका थिए।

त्रिभुवन विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको शुक्रबार सीसी टिभी फुटेज नै सार्वजनिक भइसकेकाे छ । सीसी टिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com