४ माघ २०७६, शनिबार

काठमाडौं, ०४ माघ । नेपाल र भारतीय स्मार्टफोनको बजारमा ‘ओप्पो’ले राम्रो प्रदर्शन गरिरहेको छ । ओप्पोले आफ्नो क्यामेरा क्वालिटीकै कारण सँधै आफ्नो ग्राहकहरुलाई आकर्षित गरिरहेको हुन्छ ।

यसैबीच स्मार्र्टफोन कम्पनी ओप्पोले आफ्नो बहुप्रतिक्षित फोन एफ १५ (OPPO F15) लाई पनि सार्वजनिक गरेको छ । भर्खरै सार्वजनिक गरिएको यस स्मार्टफोन निकै आकर्षक छ, जसको कारण बजारमा यसको आकर्षक डिजाइनको चर्चा भइरहेको छ ।

क्यामेरा क्वालिटीदेखि ब्याट्रीसम्म सबै उत्कृष्ट भएको कम्पनीको दाबी छ । भारतीय बजारमा ओप्पोको सबै भन्दा अगाडि सार्वजनिक हुने स्मार्टफोन नै ओप्पो एफ १५ (OPPO F15) हो । यस स्मार्टफोन अब चाँडै नेपाली स्मार्टफोनको बजारमा पनि उपलब्ध हुनेछ ।

समग्र यस स्मार्टफोनको उत्कृष्ट डिजाइन गरिएको छ, जसको सबै युजर्सले प्रसंसा गरिरहेका छन् । स्लिम लुकको साथमा यस स्मार्टफोनको कुल तौल १७२ ग्राम मात्रै रहेको छ, भने मोटाई ७.९ एमएम रहेको छ ।

विशेषत् ओप्पोलाई शानदार क्यामेरा क्वालिटीको लागि चिनिन्छ । ओप्पो एफ१५ (OPPO F15) मा ४८ मेगापिक्सलबमा क्वाड क्यामेरा प्रयोग गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्सबाट थोरै क्यामेरा क्वाड सेटअपमा पेस गरिएको छ ।

यसले प्रोफेशनल क्यालिटीको फोटोग्राफ्स खिच्नका लागि सहज महसुस हुनेछ । त्यस्तै यसको ८ मेगापिक्सल अल्टावाइड एङगल क्यामेराले ११९ डिग्री एङगलमा काम गर्नेछ । यस फोनमा अर्को ८ मेगापिक्सलको माएक्रो लेन्सपनि प्रयोग गरिएको छ, जसले ३–८ सेन्टिमीटरका् रेञ्जमा उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ ।

ओप्पोले क्यामेराको लेन्स फुट्नबाट जोगाउनका लागि फोनको ब्याकसाइडमा सुन्दर रिंग डिजाइन गरेको छ । यस रिंग डिजाइनको सहायताले क्यामेराको लेन्स तथा स्क्र्याच हुनबाट जोगाउँछ ।

कम्पनीले यस स्मार्टफोनमा 4000mAh को ब्याट्री दिएको छ । साथै व्याट्रीलाई चाँडो चार्ज गर्नका लागि VOOC Flash Charge 3.0 को प्रयोग गरेको छ । यस फोनमा ८ जीवी –याम र १२८ जीवी रोम दिइएको छ ।

LIVE TV