तीन पाङ्ग्रे अटो चढेर विश्वयात्रा गर्दै सिल्भेन टिओ



प्रकाशित मिति : Jan 17, 2020

एजेन्सी, ०३ माघ । तपाई तीन पाङग्रे अटो चढेर कति माइल पार गर्न सक्नुहुन्छ ? एक सय, दुई सय वा पाँच सय किलोमिटरसम्म ? तर अफ्रिकाका एक व्यक्तिले टुकटुक भनेर चिनिने अटो चढेरै विश्व घुम्न निस्किएका छन् ।

पूर्वी अफ्रिका जाम्बियामा जन्मिएका सिल्भेन टिओ थाइल्याण्डबाट तीनपाङ्ग्रे अटो अर्थात् टुकटुक चढेर नेपाल आइपुगेका छन् । उनले नेपालका हिमाल र पहाडहरु घुम्ने बताएका छन् ।

विश्वभरिका मानिसहरू बस्ने घरको अवस्थाबारे अध्ययन र अव्यवस्थित बासस्थानबाट बालबालिकाको सुरक्षा कसरी गर्ने भन्ने बारे जनचेतना अभिवृद्धि गर्ने मूल लक्ष्य रहेको उनको भनाइ छ ।

पेसाले आर्किटेक्ट इञ्जिनियर उनी विश्वयात्राका क्रममा थाइल्याण्डबाट झण्डै ८ हजार ४ सय किलोमिटर दुरी तय गर्दै नेपाल आएका हुन । ‘टुकटुक गाई’ का नामले चिनिएका २६ वर्षीय सिल्भेनले टुकटुकलाई खाने, बस्ने, र सुत्ने समेत मिल्ने गरी परिमार्जन गरेका छन ।

मानिसहरूसँग घुलमिल हुन र सहकार्य गर्न सजिलो हुने भएकोले आफूले यात्राका लागि टुकटुक रोजेको बताउँछन । हालसम्म छ देश पुगेका उनले थप ३५ हजार किलोमिटर दुरी तय गरी झण्डै २० देश घुमेर बेल्जियम पुग्ने लक्ष्य राखेका छन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com