३ माघ २०७६, शुक्रबार

काठमाडौं, ०३ माघ । गायक कृष्ण समिप सुवेदीको नयाँ गीत सार्वजनिक भएको छ । गायक सुवेदीको ‘चलन माया चल’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गायक सुवेदीलाई गायिका कृष्णा खनालले साथ दिएकी छन् । गायक सुवेदीको आफ्नै शब्द तथा संगीत रहेको ‘चलन माया चल’लाई आशिष अविरलले एरेञ्ज गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा सुन्दर एसडीएस र जुना सुन्दास फिचर्ड छन् । सन्तोष राजबाहकले निर्देशन गरेका गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाङकन गरेका हुन्, भने टेकेन्द्र साहले सम्पादन गरेका हुन् ।

गायक सुवेदीले यसअघि ‘शिर शिर बतास’, ‘मेरो कल्पनामा आउने मान्छे तिमी’, ‘मनको तिर्खा मेट्न’, ‘माझी दाईको जिन्दगी’लगाएतका आधुनिक, पप, लोक तथा दोहोरी गीतहरु बजारमा ल्याइसकेका छन् ।

LIVE TV