३ माघ २०७६, शुक्रबार

काठमाडौं, ०३ माघ । पप गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै विहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) पोष्ट गरेकी छन् । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

करीब दश मिनेट ३१ सेकेन्डको भिडियोमा गायिका राउतले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेकी छन् । त्रिभुवन विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको शुक्रबार सीसी टिभी फुटेज नै सार्वजनिक भयो ।

भिडियो ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको छ । सीसी टिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताउँछन् ।

गायिका राउत आफैले अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै पोखरेलले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराएकी बताइएको छ ।

‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुप-यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेकी उक्त विवरणमा उल्लेख गरिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताए ।

राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै उनले महिला प्रहरीबाट कुनै दुव्र्यवहार नभएको जिकिर गरे ।

यो घटना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो ।

LIVE TV