३ माघ २०७६, शुक्रबार

काठमाडौं, ०३ माघ । ग्लोकल आफ्टर स्कुल (GAS)ले ‘स्किल विक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विभिन्न क्षेत्रका सीपमूलक रोजगारीका अवसर, बढ्दो सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्कने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यका साथ ग्लोकल आफ्टर स्कुलले ‘स्किल विक’ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

यो कार्यक्रम २० जनवरीदेखि २६ जनवरीसम्म सञ्चालन हुनेछ । बजारमा दक्ष जनशक्तिको बृद्धि–बिकास गर्न ‘GAS’ले विभिन्न रोजगारीमूलक/सीपयुक्त तालिमहरु प्रदान गर्दै आएको छ ।

यस कार्यक्रममा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतथ्य एवं विज्ञान तथा प्रविधिलगाएतका क्षेत्रमा प्रदर्शन गरिनेछ । कार्यक्रमका मुख्य बिशेषताहरुमा छलफल, सीपमूलक प्रस्तुति, प्रदर्शनी, प्रतिस्पर्धा, कार्यशाला, तालिम, खाना तथा मनोरन्जनलगाएत छन् ।

यो कार्यक्रम नेपालमै पहिलो पटक युवाहरुलाई लक्षित गरेर भब्य रुपमा सन्चालन गर्न लागिएको हो । स्किल फेस्ट २५ जनवरीका दिनदेखि बबरमहलस्थित किङ्स कलेजमा बिहानको ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिनेछ ।

यस कार्यक्रम युवाहरुका लागि सिकाईको मञ्च भएको बताइएको छ । यस कार्यक्रममा युवाहरुले निःशुल्क भाग लिन पाउनेछन् ।

LIVE TV