३ माघ २०७६, शुक्रबार

काठमाडौं, ०३ माघ । चिनिया स्मार्टफोन मेकर शाओमी (Xiaomi)ले पोको (POCO)लाई स्टेन्डअलोन ब्राण्डको रुपमा स्थापना गर्ने घोषणा गरेको छ ।

अब कम्पनीले चाँडै पोको एफ२ (POCO F2) सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । सन् २०१८ मा शाओमीले सब–ब्राण्डका रुपमा पोको (POCO)को सुरुवात गरेको थियो । त्यतिबेला कम्पनीले पोको एफ १ (POCO F1) लञ्च गरेको थियो ।

अहिले आएर यस स्मार्टफोन ‘भ्याल्यू फर मनी’ साबित बनिसकेको छ । यस स्मार्टफोनको विक्री विरतण तुलनात्मक रुपमा राम्रो भइरहेको छ । कम्पनीले पोको एफ१ (POCO F1) निकै सफल स्मार्टफोन साबित भएको दाबी गरेको छ ।

सोही कारण पनि कम्पनीले यसलाई रि–स्ट्रक्चरको रुपमा इन्डिपेन्डेन्ट बनाउने घोषणा गरेको हो ।

शाओमीले गरेको यस घोषणाबारे शाओमी इन्डिया (Xiaomi India)का हेड तथा ग्लोबल भाइस प्रसिडेन्ट मनु जैनले भने, ‘पोको (POCO)लाई एक सब–ब्राण्डको रुपमा सुरु गरिएको थियो । तर, अहिले आफ्नो छु्ट्टै आइडेन्टिटी स्थापित गरिसकेको छ । पोको एफ१ (POCO F1) युजर ग्रुपमा एक चर्चित पपुलर स्मार्टफोन बनिसकेको छ । २०२० मा आएर पनि यस क्याटेगोरीको फोनमा यसले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।’

मनु जैनले फेरि भने, ‘अब पोको (POCO)लाई इन्डिपेन्डेन्ट गर्नेबेला आयो, त्यसैले अब यसले एक इन्डिपेन्डेन्ट ब्राण्डको रुपमा काम गर्नेछ । पोको (POCO)को टिम यसको जिम्मेदार हुनेछन्, र यससँग जोडिएको स्ट्राटेजी तयार गर्नेछ ।’

कम्पनीले जानकारी गराए अनुसार पोको एक्स२ (POCO X2)लाई सार्वजनिक गर्ने तयारीमा जुटेको छ । अब कम्पनीले केही महिनाभित्रै पोको एफ२ (POCO F2)लाई सार्वजनिक गर्नेछ ।

LIVE TV