३ माघ २०७६, शुक्रबार
  • दान बहादुर बुढा

मुगु, ३ माघ । मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ७ कुलाहामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोरु गाँउपालिकाको केन्द्र सोरुकोट बाट सोही गाउँपालिका सिपतर्फ आउँदौ गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट अन्दाजी ४५ मिटर तल खसेको हो ।

घाइते हुनेहरुमा सोरु गाँउपालिका गिलाहा गाँउकी दलना बम, बन्जाह गाँउका र्धम बहादुर मल्ल, लिब्रु गाँउकी कमला शाही, नुवाकोट गाँउकी दर्शना देवी शाही, राष्ट्रिय बाणिज्य बैंक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आर्चार्य, जुम्ला जिल्लाकी उशा भण्डारी र जिप चालक प्रकाश बश्याल रहेको छन ।

घाइतेहरुलाई घटना स्थालबाट ट्याक्टर बाट प्राथामिक उपचारका लागि सिप गाँउमा रहेको स्वास्थ्य केन्द्रमा ल्याई उपचार भैरहेको अनमि सरिता शाहीले फोन मार्फत जानकारी गराएकी छन् ।

घाईतेहरुको थप उपचारका लागी जिल्ला सदरमुकाम गमगढी बाट जिल्ला अस्पतालको एम्बुलेन्स पठाईएको प्रहरी नायव उपरिक्षेक भुवनेश्वर साहले बताउनु भयो ।

घाइते मध्ये कमला शाही बाहेक अरु ६ जनाको अवस्था गम्भीर रहेको छ । जिप र्दुघटना भएको स्थान मुगु जिल्ला सदरमुकाम गमगढी देखि सवारी साधनमा ३ घण्टा सडक दुरीमा रहेको छ ।

LIVE TV