३ माघ २०७६, शुक्रबार
  • सबिन लामिछाने

तनहुँ, माघ ३ । संघीय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल आफैले सबै उपचार प्रदान गर्ने हैसियत राख्नुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ५को जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गदै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले अस्पतालले उपचार सेवा दिदा अन्य ठाँउमा सिफारिस नगरी आफैले सेवा दिने हैसियतको हुनुपर्ने बताए । उनले भने, ‘अस्पतालमा उपचार दिँदा अन्यत्र सिफारिस गर्ने होईन, आफै सेवा दिने हुनुपर्छ’ नाम अनुसारको काम हुन आवश्यक रहेको छ । ‘यहाँका स्थानीयलाई यहि सेवा दिन व्यवस्थीत गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै उनले नेपालीहरुको चलन सकुन्जेलसम्म अस्पताल नजाने र थला परेपछि मात्र अस्पताल जाने बानी रहेकाले बानीलाई परिर्वतन गर्न सबैमा आग्रह समेत गरे ।

त्यस्तैै उनले अस्पतालमा रहेको जमीन व्यवस्थित गरिने समेत प्रतिबद्धता जनाए । उपचार केन्द्रमा सञ्चालित शिविर तीन दिनसम्म रहने कार्यक्रमका संयोजक शेषमणी आचार्यले जानकारी दिए । शिविरमा श्वास प्रश्वास, पाठेघरको मुखको क्यान्सर परीक्षण, जनरल मेडिसिन सेवा, बालरोग लगायत अन्य सेवा प्रदान गरिने आचार्यले जानकारी दिए ।

LIVE TV