३ माघ २०७६, शुक्रबार

जनकपुरधाम, ३ माघ । मुख्यमन्त्री लालबाबु राउतले आज बिहान दिलिप महतोको परिवारसित भेटघाट गरेका छन् ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित दिलिपको घरमा उनको बुवा, आमासित राउतले भेटघाट गरेका हुन् । मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तीहरुमाथि हदैसम्मको कारबाही गर्न गराउन प्रदेश सरकारले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार महतोको परिवारलाई हरसम्भव सहयोग गर्न तयार रहेको विश्वास दिलाउँदै राउतले दिलिपको तस्वीरमा पुष्पअर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरे ।

प्रदेश सरकारले महतोको परिवारलाई यसअघि नै पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ । गएको शुक्रबार बालुवा, गिट्टी उत्खनन्को विरोध गरेको रामजीवन महतोको २४ वर्षिय छोरा दिलिप भनिने ओमप्रकाश महतोको रडले घोची टिपरले किचेर हत्या गरिएको थियो ।

LIVE TV