क्यान्सर पीडित ७६ वर्षीया बृद्धासमेत मिटर व्याजको सिकार, श्रम कार्यालयको तीन दिनदेखि सर्भर डाउन, धेरैको प्लेन छुट्यो (भिडियो)



प्रकाशित मिति : Jan 16, 2020

काठमाडौं, ०२ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

साथै विभिन्न विषयमा सम्बन्धित निकाय/व्यक्तिसँग प्रत्यक्ष कुराकानी समेत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. श्रम कार्यालय ताहाचल : सर्भर डाउन भएपछि तीन दिनदेखि सेवाग्राही अलपत्र

काठमाडौं । नेपालमा सरकारी कार्यालयमध्ये सबैभन्दा बढी गुनासो आउने कार्यालयमा श्रम कार्यालय पनि पर्छ ।

जहाँ प्रत्येक दिन सेवाग्राहीले कुनै न कुनै समस्या भोगिरहेकै हुन्छन् । साथै यस कार्यालयमा सेवाग्राहीसँग घुससमेत माग्ने गरिन्छ ।

कञ्चनपुरका गोकर्णनाथ श्रम अनुमति लिन दुईदिन श्रम कार्यालय ताहाचल धाए । उनले आफ्नो क्यामेरा अन गरे, त्यसपछि कर्मचारीलाई किन श्रम स्वीकृति नभएको ? भनेर प्रश्न गरे ।

ती कर्मचारीले ‘सर्भर डाउन’ भएको कारण काम नभएको, भन्ने जवाफ दिए । ती कर्मचारीले सर्भर बनेपछि मात्रै सेवा मिल्ने भन्दै कार्यालय प्रमुखसँग गुनासो राख्न भने । गोकर्णनाथ कार्यालय प्रमुखको कार्यकक्षामा जाँदा कार्यालय प्रमुखनै थिएनन् ।

२. तराईमा जबरजस्ती तमसुक बनाएर लुट्नेहरुको बिगबिगी !

रौतहट । लेनदेन गरेको रकम भन्दा कयौं गुणा बढीको कागज गर्ने र ऋण दिनुअघि रजिष्ट्रेसननै पास गरेर जग्गा हडप्ने सञ्जय रौनियारको बारेमा गत एपिसोडमा रिपोर्ट प्रस्तुत गरेका थियौं ।

त्यस्तै समस्या तराईका अन्य विभिन्न ठाउँमा पनि भेटिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको न्यायिक समितिको मेलमिलापकर्ता चिना श्रेष्ठ र नम्रता लामाबाट यसरी नै ठगिएको भन्दै पीडितहरु हाम्रो सम्पर्कमा आएका छन् ।

३. ६ वर्षदेखि रुकुम र जाजरकोट जोड्ने पुल अलपत्र !

रुकुम, ०२ माघ । मध्यपहाडी पुष्पलाल राजमार्गको पश्चिम रुकुमको चौर जहारी र जाजरकोटको कुदु जोड्ने भेरी पुल निर्माण अलपत्र परेको छ ।

निर्माण थालिएको ६ वर्ष वितिसक्दा पनि पुलको पिल्लर समेत उठेको छैन ।
निर्माण जिम्मा लिएको ठेकेदार कम्पनी वाईपी कन्स्ट्रक्सन काठमाडौंको ढिलासुस्ती र लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको स्थानीयको गुनासो छ ।

एक सय मिटर लामो पुल निर्माणका लागि १५ करोड रुपैयाँमा सम्झौता भएको थियो । निर्माण कम्पनीले भने गलत डिजाइन स्टिमेटका कारण ढिलाई भएको दाबी गर्दै पटक–पटक म्याद थप गराएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com