२ माघ २०७६, बिहीबार

भद्रपुर, २ माघ । भारतीय ट्यांकरको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ । पेट्रोलियम पदार्थ बोक्ने भारतीय ट्यांकरले ठक्कर दिँदा पहिचान खुल्न नसकेका एक व्यक्तिको ज्यान गएको हो ।

ज्यान जानेमा अन्दाजी ६२ वर्षीय साइकलयात्री रहेको र हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-४ स्थित कोटीहोम सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

LIVE TV