२ माघ २०७६, बिहीबार
  • रामगोपाल तमखु,

भक्तपुर, ०२ माघ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार’ भन्ने मुल नाराका साथ विहीवार भक्तपुरमा २२ औं भूकम्प सुरक्षा दिवस–२०७६ मनाइएको छ ।

कार्यक्रम उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले भूकम्प प्रतिरोधी संरचना निर्माण गरी भुकम्पीय जोखिम न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।

त्यस्तै उहाँले अबको दुई वर्षभित्र ७५३ वटै स्थानीय तहमा प्रभावकारी रुपमा भवन निर्माण संहिता लागू गरेर सुरक्षित निर्माणलाई संस्थागत गर्न अत्यन्त जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका कार्यकारी प्रमुख सुशिल ज्ञवालीले भूकम्प पीडितलाई घर निर्माणका लागि तीन किस्ता गरी पैसासँगै प्राविधिक पनि खटाइएको हुनाले सुरक्षित घर निर्माण भएको भन्दै खुसी व्यक्त गुर्नभयो ।

भक्तपुर नगारपालिकाले विपद् व्यवस्थापन ऐन २०७४ पारित गरी नगर प्रमुखको अध्यक्षतामा विपद् व्यवस्थापन नगर समिति गठन गरिसकेको छ । त्यस्तै विपद् व्यवस्थापन कोष बनाएर रु २० लाख रुपैया नगरपालिकाले विनियोजन गरेको छ ।

LIVE TV