२ माघ २०७६, बिहीबार
  • राजन परियार,

सिन्धुली, २ माघ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख समृद्धिको आधार’ भन्ने मुल नाराका साथ सिन्धुलीमाढीमा २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

वि.सं. १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा आज सिन्धुलीमा ¥याली तथा सिमुलेसन अभ्यास कार्यक्रम गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

कमलामाई नगरपालिका र जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीको आयोजना तथा नेपाली सेनाको बर्दबहादुर गण, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको संयोजनमा भएको कार्यक्रममा नेपाली सेनाको बर्दबहादुर गण, नेपाल प्रहरी, सशत्र प्रहरी र विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न सचेतनामुलक नाटक प्रर्दशन गरेका थिए ।

दिवस मनाइरहँदा भूकम्पीय जोखिम, भूकम्पबाट हुने क्षति, उद्धार र राहत वितरणका घटनाहरु नाटकद्धारा प्रर्दशन गरिएको थियो । सिमुलेसन अभ्यासमा विभिन्न उद्धारका सामग्रीसहित भूकम्प आइरहेको दृश्य, भूकम्पले घर भत्काएर च्यापिएका मानिसको नेपाली सेनाले उद्धार गरेको अभ्यासहरु देखाइएको थियो ।

भूकम्पबाट घाइते भएका मानिसहरु नेपाली सेनाद्वारा उद्धार गराई प्राथमिक उपचार पश्चात सख्त घाइतेलाई हेलिकप्टारद्धारा थप उपचारका लागि बाहिर पठाइएको अभ्याससहितको नाटक समेत प्रर्दशन गरिएको थियो ।

पछिल्लो समय २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै नौ हजार भन्दा धेरैको ज्यान गएको थियो भने आठ लाखभन्दा बढी निजी घर भत्किएका थिए ।

भूकम्पबाट अरर्बाैको भौतिक संरचना तहसनहस हुनुका साथै पूरातात्विक सम्पदाहरु समेत ध्वस्त भएका थिए ।

विक्रम संवत् १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

LIVE TV