नेपाली खेलाडीहरु विदेशिनुमा आ-आफ्नै कथा छ : कुमार कार्की, अध्यक्ष, एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो, अमेरिका (भिडियो)



प्रकाशित मिति : Jan 16, 2020

काठमाडौं, ०२ माघ । तेक्वान्दो नेपालका लागि सफल खेल हो । यो कुरालाई तेक्वान्दोका खेलाडीहरुले प्रमाणित गरिसकेका छन् ।

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पनि तेक्वान्दोले नै सर्वाधिक स्वर्ण पदक हात पारेको थियो । तेक्वान्दोले नै नेपाललाई सफल खेलाडी दिलाएको छ ।

दीपक विष्ट, संगिना वैद्यलगायत उदाहरण हुन् । तीनै दीपक विष्ट र संगिना बैद्यका कयौँ हस्ती समकालीन खेलाडीहरु देशमा मात्रै होइन, देश बाहिर पनि कुनै न कुनै हिसाबले तेक्वान्दोसँग जोडिरहेका छन् ।

उनीहरुले नेपालको तेक्वान्दो विकासका लागि योगदान दिइरहेका छन् । आज तिनै मध्येका एक पूर्व तेक्वान्दो खेलाडी, पूर्व प्रशिक्षक र हाल अमेरिकामा रहेर तेक्वान्दोको विकासमा लागिपरेका कुमार कार्कीसँग न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा विशेष कुराकानी गरेको छ ।

कार्की अमेरिकामा मुख्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । यसैबीच बिहीबारबाट एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाले काठमाडौंमा दोश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना पनि सुरु गरेको छ ।

पूर्व खेलाडी तथा प्रशिक्षक कार्कीले भन्नुभयो, ‘विशेषगरी म नेपाली तेक्वान्दो खेलमा दुई दशक विताए । त्यसपछि म पनि २००८ मा अमेरिका हानिए । त्यहाँ गएर पनि मैले तेक्वान्दो खेललाई निरन्तरता दिए । सन् २०१५ मा आएर भने मैले ‘एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो’ खोलेँ । त्यसैको नेपालमा ब्राञ्च पनि बनायौं ।’

त्यस्तै उहाँले पछिल्लो समय तीब्र रुपमा नेपाली खेलाडीहरु विदेशिनुमा आ–आफ्नै कथा रहेको बताउनुभयो । साथै नेपाली खेलकुदमा खराब राजनीतिक संस्कार मौलाएको पनि बताउनुभयो ।

विस्तृत कुराकानी भिडियोमा होर्नुहोस् :


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com