२ माघ २०७६, बिहीबार
  • बालबिक्रम कार्की

रौतहट , २ माघ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले विभिन्न समयमा वरामद गरेका अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालयले गस्ती तथा चेकजाँचको क्रममा वरामद गरेका करिब १५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको कार्यलय प्रमुख हेमराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीको टोलीले बजार, टोल, इरिक्सा, यात्रुवाहक बस लगायतबाट सो परिणामको मदिरा बरामद गरिएको हो ।

प्रहरी, स्थानीय , सञ्चारकर्मी लगायतको उपस्थितिमा खाडलमा पोखेरमदिरा नष्ट गरेको थियो । अवैध घरेलु मदिराले जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्ने तथा समाजमा आपराधिक कृयाकलापहरु बढाउने भन्दै प्रहरीले यस विरुद्ध कडाइ गर्ने गरेको छ ।

पछिल्लो समयमा भारतमा मदिराको बिक्री वितरण गर्न बन्द गरेपछि ठूलो संख्यामा भारतीयहरु मदिरा खानकै लागि रौतहटको विभिन्न स्थानलगायत उत्तरी भेगमा रहेको चन्द्रनिगाहपुरसम्म आउने गरेका छन् ।

LIVE TV