२ माघ २०७६, बिहीबार
  • तारा आचार्य

विराटनगर, २ माघ । आफ्नै शिष्यलाई करणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुना मै राखेर पुर्पक्ष गर्नुपर्ने माग गर्दै पीडित पक्षले विराटनगर स्थित उच्च अदालत अगाडि मौन प्रदर्शन गरेका छन् ।

जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई ३ लाख धरौटीमा छोडेको थियो । धरौटीमा छोडिएको भन्दै जिल्ला अदालतको आदेश विरुद्ध उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालत विराटनगरमा निवेदन दिएको छ भने सिद्धबाबाले साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् ।

दुबै निवेदनलाई लगाउमा राखिएको उच्च अदालत विराटनगरले जनाएको छ । बिहीवारको पेशी समय अभावका कारण अर्को बिहीवारका लागि सारिएको छ । मौन विरोध प्रदर्शनमा महिलाहरु तथा अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

LIVE TV