२ माघ २०७६, बिहीबार

इलाम, २ माघ । गोरु काटेको आरोपमा यहाँस्थित सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरु काटेको आरोप लागेका उनी रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन् ।

गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा फिक्कल प्रहरीचौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी घटनास्थल पुग्दा काटिएको मासु मात्र फेला परेको थियो । उनीहरुले गोरु बिरामी भएकाले काट्नु परेको बताएका छन् ।

घटनासम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख रमेश राईले बताउनुभयो ।

LIVE TV