२ माघ २०७६, बिहीबार

काठमाडौं, ०२ माघ । ओप्पो (Oppo)ले भारतमा ओप्पो एफ१५ (Oppo F15) लञ्च गरेको छ । भर्खरै लञ्च गरेको यस फोनको विशेषता कुरा गर्नुपर्दा ‘ओप्पो एफ १५’ निकै पातलो छ । यस फोनको वजन जम्मा १७२ मात्रै रहेको छ ।

ओप्पोको यस स्मार्टफोनमा VOOC 3.0 Flash Charge दिइएको छ । यस फोनलाई पाँच मिनेट चार्ज गरेर दुई घण्टासम्म चलाउन मिल्नेछ ।

ओप्पो एफ१५को बजार मूल्य भारतमा १९,९९० भारु तोकिएको छ । यस स्मार्टफोन नेपाली बजारमा करीब ३२ हजार रुपैयाँमा उपलब्ध हुने बताइएको छ । भारतमा सार्वजनिक भइसकेको यस स्मार्टफोन केही समयपछि नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।

यस फोनलाई ब्ल्याक र ह्वाइट कलर भेरियन्टमा किन्न पाइनेछ । ई–कमर्स वेबसाइटमा प्रि–अडर्स सुरु भइसकेको छ । २४ जनवरीबाट भारतीय बजारमा यस फोनलाई आधिकारिक रुपमा विक्री वितरण गरिने बताइएको छ ।

यस स्मार्टफोनमा ६.४ इञ्चको फुल एचडी डिस्प्ले दिइएको छ, भने ऐस्पेक्ट रेश्यो २०ः९ हो । यस फोनमा अण्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि दिइएको छ ।

यस स्मार्टफोनमा ८ जीवी –यामको साथमा १२८ जीवी इन्टरनल स्टोरेज दिइएको छ । कम्पनीले डिस्प्लेको लागि ओमोलेड प्यानल प्रयोग गरेको छ । यो फोन MediaTek Helio P70 प्रोसेसरको आधारमा चल्नेछ ।

फोटोग्राफीको लागि यस स्मार्टफोनमा चार रियर क्यामेरा सेटअप दिइएको छ । प्राइमरी क्यामेरा ४८ मेगापिक्सल दिइएको छ । त्यस्तै ८ मेगापिक्सलको वाइड एङ्गल, दुई मेगापिकसलको माइक्रो लेन्स र अर्को दुई मेगापिक्सलको डेप्थ सेन्सर दिइएको छ । सेल्फीको लागि १६ मेगापिक्स फ्रन्ट क्यामेरा दिइएको छ ।

ओप्पो एफ१५को व्याट्री 4,000mAh को हो । साथै कम्पनीले VOOC 3.0 फास्ट चार्जको सपोर्ट दिएको छ ।

LIVE TV