२ माघ २०७६, बिहीबार

काठमाडौं, ०२ माघ । अभिनेत्री दीपिका पादुकोणको प्रदर्शनरत फिल्म ‘छपाक’को बक्स अफिस कलेक्शन ह्वात्तै घटेको छ । ‘छपाक’सँगै अजय देवगनको फिल्म ‘तानाजी : द अनसंग वारियर’ पनि दर्शकमाझ रिलिजमा आएको थियो ।

अजय देवगनको ‘तानाजी’ले एक सातामै एक सय करोड भन्दा बढीको व्यापार गरिसकेको छ । तर, अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ले भने लगानी नै उठान मुस्किल भइरहेको ट्रेड एनालिस्ट तरण आदर्शको भनाइ छ ।

तरण आदर्शले ‘छपाक’को छैटौं दिनसम्मको बक्स अफिस कलेक्शन सार्वजनिक गरेका छन् । फिल्मले गत बुधबार २.६१ करोडको कलेक्शन गरेको छ । अहिलेसम्म यो फिल्मले टोटल २६.५३ करोडको मात्र व्यापार गरेको छ ।


फिल्मले पहिलो दिन (शुक्रबार) ४.७७ करोडको व्यापार गरेको थियो । त्यस्तै, दोस्रो दिन (शनिबार) ६.९० करोड, तेस्रो दिन (आइतबार) ७.३५ करोड, चौंथो दिन (सोमबार) २.३५ करोड र पाँचौं दिन (मंगलबार) २.५५ करोडको व्यापार गरेको थियो ।

केही रिपोर्टमा यस फिल्मको कुल बजेट ३५–४० करोड बताइएको छ । तर, सानो बजेटको फिल्म भएकै कारण पनि ‘छपाक’ फस्र्ट विकेन्डको कलेक्शन शानदार नै मानिएको छ । तर, पनि फिल्मको कलेक्शन निरन्तर घटिरहेको छ ।

मेघना गुलजारको निर्देशनमा बनेको ‘छपाक’ एसिड अट्याक सर्भाइवर लक्ष्मी अग्रवालको वास्तविक जीवनीमा आधारित छ । फिल्ममा दीपिका पादुकोणले लक्ष्मीको भूमिका निभाएकी छन् ।

यो फिल्म १० जनवरीबाट दर्शकमाझ रिलिजमा आएको थियो ।

LIVE TV