२ माघ २०७६, बिहीबार

काठमाडाैँ, २ माघ । प्रधानन्यायाधीशकाे निवास नजिक बम फेला परेकाे प्रहरीले जनाएकाे छ ।

गएराति प्रधानन्यायाधीशकाे निवास नजिक सहित काठमाडौं केही स्थानमा बम फेला परेको हाे । गएराति नै शोभाकान्त ढकालकाे घरमा बम विस्फाेट भएकाे थियाे । ढकालकाे घरमा विस्फाेटकाे जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले लिएकाे छ ।

साेही समूहले बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा खरिद विक्रि गरेको भन्दै बम राखेको जनाइएको छ । बालुवाटारमै रहेकाे प्रधानन्यायाधीश निवास नजिक राखिएको उक्त कुकर बम नेपाली सेनाले राति ११ बजे निष्क्रिय पारेकाे बताइएकाे छ ।

ललिता निवासकाे सरकारी जग्गा खरिद-बिक्री गर्ने काममा संलग्न भएको भन्दै विप्लव समूहले शोभाकान्त ढकालको स्वयम्भू ढुंगाधारास्थित घरमा गएराति बम विष्फोट गराएको थियो । बम विष्फोटबाट ढकालको घरको गेट, झ्यालका सिसा र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको छ । साेही अनुसार ‘जनकारबाही’ का नाममा साे समूहले बालुवाटारमा बम राखिएकाे खुलेकाे हाे ।

LIVE TV