२ माघ २०७६, बिहीबार

सिमरा, ०२ माघ । बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको ज्यान गएको छ । बारा प्रहरीका अनुसार मृत्यु हुनेमा दुवैजना भारतीय नागरिक रहेका छन् ।

बारास्थित गढीमाई मन्दिरमा माघे संक्रान्तीको अवसरमा लागेको मेला भरेर फर्कँदै गर्दा दुर्घटनामा गरी उनीहरुको मृत्यु भएको हो । महागढीमाई नगरपालिका २ बरियारपुरमा बीआर ०५ टिए ०५३५ भारतीय नम्बरको टेम्पोले ठक्कर दिँदा भारतको मोतिहारीका ४ महिने बच्चा ज्योती साहको मृत्यु भएको हो । उनलाइृ उनको हजुरआमाले बोकेकी थिइन् ।

भिडभाड बाटोमा हिडिरहेका बेला बच्चा खस्दा टेम्पोले बच्चालाइ किचेको थियो । त्यसैगरी महागढीमाई नगरपालिका ७ बेनौली चोकमा भारतीयबाट तिर्थ यात्रु बोकर एउटा ट्याक्टरले किच्दा भारतकै आधापुर थाना भन्ने ठाउँका ५ वर्षीय बालक रिदम साहको ज्यान गएको थियो ।

स्कुटर अन्यन्त्रीत भएर भुइमा लडेका बेला पछाडिबाट ट्याक्टर किचेको प्रहरीले जनाएको छ । मृतक बालक उनका अभिभावकसँग स्कुटरमा सवार थिए ।

LIVE TV