२ माघ २०७६, बिहीबार

एजेन्सी, २ माघ । फ्रेन्च लिग वान फुटबलमा मोनाकोमाथि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित हासिल गरेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४–१ गोल अन्तरले हराएको हो । घरेलु टोली भारले निराश भएको खेलमा पीएसजीका लागि केलियन एम्बाप्पले दुई, नेयमार र पाब्लो सर्बियाले एक–एक गोल गरे । मोनाकोका तैमौके बकायोकोले एक गोल फर्काए ।

जितसंगै पीएसजीले २० खेलबाट ४९ अंक जोडेको छ । उसले लिगमा स्पष्ट ८ अंकको अग्रता लिन सफल भएको छ । मोनाको २९ अंक सहित तालिकाको नवौं स्थानमा छ ।

LIVE TV