१ माघ २०७६, बुधबार
  • दानबहादुर बुढा

मुगु, १ माघ । मुगु जिल्लाको पूर्वी उत्तरीकरान भेगमा पर्ने मुगुमकामरोङ्ग गाउँपालिकामा पटक–पटक परेको हिमपातले विकास निमार्णका काम ठप्प भएको छ । जिल्लाको चार स्थानीय तहमध्ये उच्च हिमाली क्षेत्रमा अवस्थित गाउँपालिकामा हिमपातका कारण विकास निमार्णका काम ठप्प भएको हो ।

मुगु,डोल्फु चितै, किम्री, ताखा, खारी, पुअ,रिउस,दाउरा, सेरोगलगायतका १ नंम्बर वडादेखि ७ वडाका बस्तीमा हिउँले ढाकेपछि गाउँपालिका, गैर सरकारी निकाय र अन्य निकायबाट संचालित सबै विकास निर्माणका काम अवरुद्ध भएका छन् ।

बाक्लो हिउँले जमिन नछोड्दासम्म बाटो, खानेपानी, मठमन्दिर, गुम्वा निर्माण, भवननिर्माण, पुल, सिचाइ कुलो,लगायतका योजना संचालन गर्न कठिनाइ भएको छ । भारी हिमपातका कारण निर्माणकार्य अवरुद्ध भएको मुगुमकामरोङ्ग गाउँपालीकामा गाउँपालिका प्रमुख छिरीङक्याप्ने लामाले जानकारी दिए ।

माथिल्लो बस्ती मुगु, चितै, डोल्फू,किम्री गाउँका बस्तीमा फागुन अन्तिमसम्म पनि विकास निर्माण अघि बढाउन मुस्किल हुने अध्यक्ष लामाको भनाइ छ । हिमपातले असर नगर्ने तल्लो बस्ती छाइल, माग्री,पापु लगायतका स्थानहरुमा भने विकास निर्माणका काम भइरहेको र माथिल्ला बस्तीमा हिउँले रोकिएको अध्यक्ष लामाले जानकारी दिए ।

छाँयानाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका सबै विद्यालयहरु अत्याधिक चिसोका कारण बन्द रहेको छ । पुष १५ गतेदेखि फागुन १५ गतेसम्म विद्यालय बन्द हुने मुगुमकामरोगं गाउँपालिकाका शिक्षा प्रमुख सुवास चन्द्र रावलले बताए ।

मुगुुमकामरोगं गाउँपालिका रहेका विद्यालयमा माथिल्लो क्षेत्रमा हिउँदे बिदा हुँदा तल्लो क्षेत्र अथवा बेसीको विद्यालय सञ्चालनमा रहेको रावलले बताए । मुगुमा १७ सामुदायिक र १ संस्थागत गरी १८ विद्यालय छन् ।

छाँयानाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकामा विकास निमार्णका कामहरुको योजना सम्झौता गरेपनि विकास निर्माणका काम सञ्चालनमा नआएको स्थानीयबासीले बताएका छन् ।

LIVE TV