१ माघ २०७६, बुधबार

काठमाडाैं, ०१ माघ । नेपालको अनौपचारिक भ्रमणमा रहनु भएका सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले पितृभूमिको तीर्थाटनका लागि आफू नेपाल आएको बताउनुभएकाे छ ।

येले सम्वत् ५०८० का अवसरमा किरात राई यायोक्खाले राष्ट्रिय सभागृहमा आयोजना गरकाे शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री चाम्लिङले आफू राजनीतिक कार्यक्रम लागि नभई पितृभूमिको तीर्थाटनका लागि नेपाल आएको बताउनुभयाे ।

उहाँले राष्ट्रियता र राजनीतिक रुपमा आफू भारतीय भएपनि भाषा, संस्कृति र पहिचान नेपाली भएको बताउनुभयाे । सिक्किमै रहेपनि आफूले नेपालीलाई चिनाउन महत्वपूर्ण याेग्दान दिएकाे पनि उहाँले बताउनुभयाे । सिक्कीममा नौ वर्ष लगाएर एकै ठाउँमा चारधाम बनाउने श्रेय पनि नेपाली भाषी र जातिलाई नै जाने समेत उहाँले बताउनुभयाे ।

उहाँले अधिकारसँगै जिम्मेवारी पनि लिनुपर्ने बताउनुभयाे । जसले बढी जिम्मेवारी लिन्छ त्यसैले बढी अधिकार पाउने पनि पूर्व मुख्यमन्त्री चाम्लिङकाे भनाई थियो । उहाँले भन्नुभयाे, ‘जसले बढी जिम्मेवारी लिन्छ अधिकार पनि उसैले बढी पाउछ, तपईहरुले बराबरी अधिकार पाउनु भएको छ भने जिम्मेवारी पनि बराबरी लिनुपर्छ, राजाको अधिकार जनताले पाउनुपर्छ र राजाको जिम्मेवारी पनि जनताले लिनुपर्छ ।’

सरकारकाे सबैभन्दा पहिलाे काम भनेकाे जनताकाे आधारभुत आवश्यक्ता भएकाे बताउनुभयाे । मुख्यमन्त्री शेरधा राईलाई सुझाव दिँदै उहाँले भन्नुभयाे- ‘गरिबका छोराछोरीले कलेज फ्रीमा पढ्न पाओस्, गरिब भन्दा गरिब जनतालाई पनि औषधीको व्यवस्था होस्, कसेकस जनताले दुई छाक खान पाओस्, राति सुत्दा ओछ्याउने र ओड्ने पाओस् , चराको त एउटा गुड हुन्छ भने मान्छेको त घर हुनुपर्यो । सरकारकाे पहिलो काम भनेको यहि हो, यसो गर्याे भने मात्रै जनताले नेतालाई चिन्छ ।’

देश बनाउको लागि जनताले काम गर्नुपर्ने र जिम्मेवारी लिनुपर्ने पनि बताउनुभयो । यसकाे लागि सबैले सकरात्मक रुपले सोच्नु पर्ने पनि उहाँले बताउनुभयाे । ‘मान्छे भड्काउन/चम्काउनु सजिलो छ तर मान्छेलाई राम्रो बाटोमा लान बहुत कठिन छ,’ उहाँले भन्नुभयाे, ‘अशिक्षितलाई शिक्षित बनाउन गाह्रो छ, अशिक्षित समाजलाई शिक्षित समाज बनाउन र मान्छेको वैचारीक परिवर्तन गर्न निकै गाह्रो काम हो, पुस्तै लाग्छ ।

सबैले देशकाे लागि केही न केही गर्नैपर्ने उहाँले बताउनुभयाे । ‘सबैले केहीँ न केहीँ जानेको हुन्छ, नपढेको मान्छेले पनि हलो बनाउन जानेको हुन्छ, केही नजोकामा हाम्री आमाहरुले मर्चा बनाउन जानेको हुन्छन्, आफूले जे जानेका छौँ त्यहि गरेर देशलाई योग्दान दिनुपर्छ,’ उहाँले भन्नुयभाे ।

उहाँले नेपाल जस्ताे संस्कृति विश्वमा अरू कहीँ पनि भएकाे बताउनुभयाे । ‘नेपालकाे जस्ताे संस्कृति पराम्परा विश्वमा कहीँ पनि छैन, यसलाई हामीले आधुनिक विकाससँग जोड्न जरुरी छ ।’ चाम्लिङले भन्नुभयाे ।

नेपाल भ्रमण वर्षमा विदेशि पर्यटकलाई यहिकाे लाेकल खानेकुरा बेच्नुपर्नेमा उहाँले जोड दिनुभयो । सबैभन्दा पहिला खेतिपातीमा लगाइने सम्पूर्ण केमिकलहरु बन्द गर्नुपर्ने र सबै केमिकलहरु बन्द गरे नेपाल विश्वकै पहिलो पर्यटकीय देश उहाँले दाबी गर्नुभयाे ।

उहाँले आफू नेपालको शुभचिन्तक भएको र नेपाल बनाउनमा जहिले पनि सहयोग गर्ने समेत बताउनुभयो ।

येले सम्वतकाे अवसरमा चाम्लिङलाई दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ नगदसहित ‘यलम्बर सम्मान’ बाट सम्मानित गरिएकाे थियाे । चाम्लिङ सत्तामा हुँदा भाषा, लिपि, संस्कार, संस्कृति र साहित्य विकासमा योगदान पुर्‍याएको ठहर गर्दै यायोक्खाको उक्त पुरस्कारबाट सम्मान गरेकाे हाे ।

यस अघि नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान गर्ने दार्जिलिङका साहित्यकार इन्द्रबहादुर राई र वान्तावा भाषामा पीएचडी गर्ने डा. नोवलकिशोर राईलाई यो सम्मान प्रदान गरिएको थियो।

सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता गत जेठमा भएकाे लोकसभा चुनावपछि ढलेकाे थियाे ।

LIVE TV