१ माघ २०७६, बुधबार

काठमाडौं, ०१ माघ । अजय देवगन, सैफ अली खान र काजोल स्टारर् फिल्म ‘तानाजी ः द अनसंग वारियर’ले बक्स अफिसमा १०० करोडको आँकडा पार गरिसकेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कमाई आँकडालाई आफ्नो भेरिफाइड ट्वीटर ह्यान्डलमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘तानाजी, अजय देवगनको १०० औं फिल्म हो, जसले १०० करोडको आँकडा पार गरेको छ । फिल्मले छैटौं दिन १०० करोडको क्लबमा इन्ट्री गरेको हो ।’

अजय देवगनको फिल्मले रिलिजपछि पहिलो साता पूरा नहुँदै एक रेकर्ड आफ्नो नाममा गरेको छ । २०२० मा रिलिजमा आएका फिल्ममध्ये तानाजी यस्तो पहिलो फिल्म हो, जसले १०० करोड क्लबमा इन्ट्री गरिसकेको छ ।

यो फिल्मको कहानी वास्तविक घटनामा आधारित छ । फिल्ममा अजयले तानाजी मलुसरेको भूमिका निभाएका छन् । २ : १५ मिनेट लामो यस फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन् ।

यसैबीच अभिनेत्री करिना कपुरले भनेकी छन्, ‘साँच्चै म निकै खुसी र थ्याङ्कफुल छु । फिल्मलाई दर्शकहरुले खुब रुचाइरहेका छन् ।’

अभिनेत्री करिनाकी श्रीमान सैफ अली खानले उदयभान सिंह राठौडको भूमिका निभाएका छन्, जुन जय सिंहको शासनकालमा राजपुत किल्लाका रक्षक हुन्छन् । उनको यस पर्फमेन्सलाई निकै रुचाइएको छ ।

LIVE TV