१ माघ २०७६, बुधबार

काठमाडौं, १ माघ । साताको चौँथो दिन बुधबार शेयर बजार परिसूचक नेप्सेमा २० अंकको वृद्धि भएको छ । एक हजार २ सय ८४ दशमलव २ तिन अंक कायम भएको बुधबारको बजारमा कारोबार रकम भने करिब ९० करोड ४८ लाख रुपैयाँमा सीमित रह्यो ।

बुधबार शेयर बजार परिसूचक नेप्से २० दशमलव ८ पाँच अंकले बढ्दै १ हजार २ सय ८४ दशमलव २ तिन अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ । बुधबार कारोबार रकम भने करिब ९० करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ । बुधबार वाणिज्य बैंकहरुको शेयर मूल्यमा उछाल आउदा अन्तिम समयमा शेयर बजारमा थप सुधार देखिएको हो ।

केही समय अगाडिदेखि शेयर लगानीकर्ताले गरिरहेका नाफा बुकमा आर्जन भएको पैसा पुनः शेयर बजारमै आउँदा बजार थप गतिशील भएको जानकारहरु बताउछन । साताको तेस्रो दिन मंगलबार नाफा बुक गर्न खोज्दा केहि करेक्सन देखिएको बजारमा बुधबार पनि करेक्सनकै निरन्तरता हुने अनुमान लगानीकर्ताले गरेका थिए । तर अन्तिम समयमा भने बजारमा सुधार आउदा कारोबार रकम समेत केहि बढेको हो ।

बुधबार कारोबार सुरु भएको दुई घण्टासम्म करिब ३० करोड रुपैंया बराबरको कारोबार भएकोमा अन्तिम दुई घण्टामा त्यो कारोबार बढ्दै ९० करोड ४८ लाख रुपैयाँको कारोबार भयो । बुधबार ७ वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। जसमा विशाल बजारसहित केही माइक्राफाइनान्सहरु रहेका छन्।

बुधबार १ सय ७७ वटा कम्पनीको शेयर खरिद बिक्री हुदा १ सय २७ वटाको मूल्य बढेको छ भने २३ वटाको घटेको छ। होटल, उत्पादन तथा प्रसोधन र अन्यको सूचकमा सामान्य गिरावट आए पनि बाँकी सूचक तथा उपसूचकमा भने सुधार देखिएको छ ।

LIVE TV