१ माघ २०७६, बुधबार

काठमाडौं, १ माघ । रेखा फिल्म ब्यानरमा नयाँ फिल्म बन्ने भएको छ। फिल्ममा रेखा थापा, सौगात मल्ल र दयाहाङ्ग राईले मुख्य भूमिका निभाउनेछन्।

फिल्मलाई सवीर श्रेष्ठको निर्देशन गर्नेछन् । फिल्मको पटकथा जगदीश्वर थापाको रहनेछ । तर नाम भने फाइनल नभएको बताइएको छ । केही समय अगाडि रेखाले अर्को एक चलचित्रको निर्माण घोषणा गरेकी थिइन् ।

रेखाले निर्माण घोषणा गरेकी चलचित्रको निर्देशन रेनेशा बान्तवा राईले गर्ने पक्का भएको थियो । उनी यतिबेला ‘आई एम ट्वान्टीवान’का लागि व्यस्त छिन् ।

रेनिशासंगको सहाकार्यमा रेखाको फिल्म नबन्ने भएपछि रेखो नयाँ चलचित्र बनाउन लागेकी छन् । निर्माण टिमका अनुसार नयाँ फिल्म २०७७ सालको लक्ष्मीपूजामा प्रदर्शनमा आउनेछ ।

LIVE TV