१ माघ २०७६, बुधबार
  • राजन परियार

सिन्धुली, १ माघ । सिन्धुलीको माझिटारमा गएराती आगलागी भएको छ । आगलागीबाट १७ लाख बराबरको क्षति भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालीका ७ स्थित माझिटारमा भएको एक किराना पसल, होटल र मासु पसलमा आगलागी भएको आगलागीको कारण १७ लाख क्षति भएको भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

तिनपाटन गाउँपालिका-२ का सेम श्रेष्ठको किराना, मासु पसलमा र तिनपाटन गााउपालीका-६ का निरोज थापाको होटलमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट श्रेष्ठको किराना तथा मासु पसलमा रहेको सबै सामान जलेर नष्ट भई दश लाख बराबरको क्षेती भएको छ भने थापाको होटल रहेको खाद्यान्न, लत्ताकपडा जलि ७ लाख बराबरको क्षति प्रहरीले जनाएको छ ।

कमलामाई नगरपालिकाको दमकल सहित नेपाली सेना र स्थानीयको सक्रियतामा आगो राती नै नियन्त्रणमा लिइएको थियो ।

LIVE TV