भारतको नयाँ नक्शा प्रकरण : अतिक्रमित भूमि फिर्ता गर्न संयुक्त राष्ट्र संघ अगाडि नेपालीहरुको प्रदर्शन



प्रकाशित मिति : Jan 14, 2020

न्यूयोर्क, २९ पुष । भारतले नेपालको भू–भाग आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।

भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर बनाएको राजनैतिक नक्साविरुद्ध नेपालीहरुले प्रदर्शन गर्दै आएका हुन् । यसैक्रममा अमेरिकामा रहेका नेपालीले पनि राष्ट्रिय संघ मुख्यालय अगाडि विरोध प्रदर्शन गर्नुका साथै ज्ञापन–पत्र बुझाएका छन् ।

भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणविरुद्ध अमेरिकामा रहेका नेपालीले अमेरिकाको राष्ट्रिय संघ मुख्यालय अगाडि मंगलबार प्रदर्शन गरेका हुन् ।

नेपालीहरुले विरोध प्रदर्शन गर्दै ‘प्लिज लिसन युनाइटेड नेसन, स्टप इनक्रसमेन्ट, ब्याक अफ इन्डिया र जय स्वभिमान जस्ता नारा लगाएका थिए । प्रर्दशनमा न्युयोर्क र आसपासका नेपालीहरुको सहभागिता थिायो ।

राष्ट्रिय संघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा भएको विरोध कार्यक्रममा सीमाविद बुद्धिनारायन श्रेष्ठले नेपालको तर्फबाट लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा तत्काल सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकाले पूराना नक्सा दस्ताबेज प्रमाणका आधारमा आफ्ना समकक्षीसँग मित्रतापूर्वक कुरा गर्नुपर्छ । शिर उँचो पारेर, छाती फराकिलो पारेर आँखामा आँखा जुधाएर कुराकानी गर्न सक्नुपर्छ ।’

प्रदर्शनपछि राष्ट्रिय संघका महासचिब एन्टोनियो गुटेर्रेसलाई प्रवक्त मार्फत् ज्ञापन–पत्र समेत बुझाइएको छ । ज्ञापन–पत्रमा भारतीय पक्षले सार्वजनिक गरेका नक्सामा नेपालको भू–भाग समेटिएको भन्दै त्यसलाई सच्याउन सकरात्मक भूमिका खेल्न संघलाई आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com