राजीनामा नदिने अडानका साथ डा.शिवमाया तुम्बाहाम्फे लाइभ, बसमा अश्लिल हर्कत गर्ने व्यक्ति समातिए (भिडियो)



प्रकाशित मिति : Jan 14, 2020

काठमाडौं, २९ पुष । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. उपसभामुख राजीनामा विवाद कि नेकपाभित्र माओवादी–एमाले विवाद ?

काठमाडौं, २९ पुष । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लागेसँगै सभामुख पद रिक्त भएको आज साढे तीन महिना पुगेको छ ।

अब सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपाले निर्णय लिन नसक्दा प्रतिनिधिसभाको हिउँदे अधिवेशन तेस्रो पटक स्थगित भएको छ ।

अबको सभामुख आफू हुनुपर्ने दृढ अडानमा छिन्, उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे । यसअघि पूर्व एमालेको तर्फबाट तुम्बाहाम्फे उपसभामुख बनेकी थिइन्, भने कृष्ण बहादुर महरा पूर्व माओवादीका तर्फबाट सभामुख बनेका थिए ।

२. स्वयम्भू सडक : बीचमा विजुलीको पोल राखेर दायाँ–बायाँ पिच गरियो

काठमाडौं, २९ पुष । नेपालमा सरकारी निकायको समन्वय अभावका कारण केही विकास निर्माणका कार्यहरु रोकिएका छन्, भने केही कुरुप बन्ने गरेका छन् ।

समन्वय अभावकै कारण कुरुप बनेको एउटा उदाहरण हो, स्वयम्भू भगवानपाउको नवनिर्मित सडक । जहाँ दायाँ–बायाँ सडक र सडकको बीचमा बिजुलीका पोलहरु ठिङ्ग उभिएका छन् ।

काठमाडौं महानगरपालिकाले सडक विस्तार गरेर बाटो पिच त ग¥यो, तर देख्नेलाई समेत लाज लाग्ने काम गरेको छ । सडक विस्तार गर्दा पोल बीचमा पारेर पिच गरेपछि धुलोले आजित भएका स्थानीय खुसी हुनुपर्नेमा दुर्घटना हुने डरले त्रसित बनेका छन् ।

हामी रिपोर्टिङका लागि पुग्दा धमाधम पिच भइरहेको थियो । कविन्द्र निर्माण सेवाका साइट ईन्जिनियर विष्णु तिमल्सिनालाई पोल नै नहटाई किन पिच गरेको ? भनेर प्रश्न ग-यौँ ।

३. यी हुन् सार्वजनिक बसमा युवतीमाथि अश्लिल हर्कत गर्ने युवा

काठमाडौँ, २९ पुष । एक वर्षअघि सार्वजनिक बसको पछिल्लो सिटमा बसेर युवतीमाथि अश्लील हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बसभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य फालिएको भिडियो बनाउने ती युवकलाई चितवनबाट पक्राउ गरिएको हो ।

भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रविन सार्की भनिने रविन रूचाललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनका च्याटहरु अनुसन्धान गर्दै जाँदा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडियो अपलोड गरेको देखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com