२९ पुष २०७६, मंगलवार
  • सवीन लामिछाने

तनहुँ , २९ पुष । देवघाटमा माघे संक्रान्ति हर्षोल्लासका साथ मनाइने भएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश यस पर्वलाई भव्यरुपमा मनाउने तयारी गरिएको रहेको छ । धर्मलाम्बीहरुले विशेष पर्वको रुपमा मनाउदै आएको यस पर्वमा तनहुँ स्थित देवघाटमा भक्तजनहरुके घुइँचो लाग्ने गर्दछ ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुन्छ । तनहुँको देवघाट, माघ स्नान गर्ने भक्तजनको घुईंचो लाग्ने गर्दछ । माघे सङ्क्रान्तिमा घ्यु, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन समेत रहदै आएको छ ।

माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । जुन दिन तनहुँमा रहेको देवघाट, माघ स्नान गर्ने भक्तजनको घुईंचो लाग्ने गरेकाे हाे ।

संक्रान्तिका लागि लक्षित गर्दैै तनहुँको देवघाटधामलाई विशेष तयारी सुरु भएको छ ।
भक्तजनलाई सहज रुपमा आवात– जावात गर्नका विभिन्न तयारी गरिएको छ ।

भक्तजनहरको लागि विभिन्न ठाँउमा सरसफाई देखि पुल मर्मत् गरिसकेको छ । भ्रमण वर्षलाई लक्षित गरि माघे संक्रान्ति मेलामा पाँच लाख भक्तजन भित्र्याउने लक्ष्य देवघाट क्षेत्र विकास समितिका अध्यक्ष धिरनबाबु घिमिरेले जानकारी दिनुभयो ।

गत वर्षको देवघाटमा माघे संक्रान्तीमा चार लाख भक्तजनले दर्शन गरेको थिए । भक्तजनहरुको सहजतालाई मध्यनजर गर्दै विभिन्न ठाँउमा त्रिपाल टाँगिएको छ । उहाँ भन्नुभयाे, मंगलबार बेलुकी देखि भक्तजनहरुको आगमन बढ्ने उहाँले बताउनुभयो ।

यता प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद अधिकारीले भक्तजनहरुको सुरक्षालाई मध्यनजर गदै मंगलबार साँझ बाटै ३० जना सुरक्षाकर्मी खटाईएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सुरक्षाको सम्पुर्ण तयारी सकिएको छ, भक्तजनहरुले ढुक्क भएर दर्शन गर्दा हुन्छ ।

LIVE TV