२९ पुष २०७६, मंगलवार
  • राजन परियार,

सिन्धुली, २९ पुष । सिन्धुलीमा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल गठन गरिएको छ ।

मंगलबार सिन्धुलीमाढीमा बुद्ध विश्वकर्माको संयोजकत्वमा सुनचाँदी व्यवसायी विश्वकर्माहरुको ९ सदस्यीय समिति गठन गरिएको हो ।

उक्त समितिको सह–संयोजकमा पुष्प प्रसाद विश्वकर्मा, सचिव शंकर विश्वकर्मा, कोषाध्यक्ष भीम बहादुर विश्वकर्मा र सदस्यहरु चन्द्र कुमार विश्वकर्मा, विकास विश्वकर्मा, पुरुषोतम विश्वकर्मा, सन्तोष विश्वकर्मा र रविन कुमार विश्वकर्मा चयन भएका छन् ।

सुनचाँदी व्यवसायी संघ सिन्धुलीका अध्यक्ष नरेन्द्र विश्वकर्माको अध्यक्षता तथा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा केन्द्रीय सह–संयोजक प्रकाश गहतराज, बीजीएएनटीएस ग्रुपका सह–सचिव रमेश विश्वकर्मा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सचिव राजन विश्वकर्मा(गाँउले), विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल बागमती प्रदेशका संयोजक रमेश रसाइली, १ नं. प्रदेशका संयोजक रमेश रसाइली, २ नम्बर प्रदेशका सह–संयोजक जितेन्द्र सिलवाल विश्वकर्मालगाएत उपस्थित थिए ।

LIVE TV