२९ पुष २०७६, मंगलवार

बारा, २९ पुष । भारतीय बसले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । तीर्थयात्रु पुर्‍याएर फर्किएको भारतीय बसको ठक्करबाट बारामा एक पैदल यात्रुको ज्यान गएको हो ।

ज्यान जानेमा स्थानीय ७२ वर्षीय रामबहादुर विक रहेका छन् । पूर्व(पश्चिम राजमार्गको पथलैया-हेटौंडा सडक खण्डको बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ आयल निगमस्थित सडकमा सोमबार साँझ भारतीय नम्बर प्लेट डब्लु बी३३ई १०५१ नम्बरको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

LIVE TV